Header Ads

ad

डीप्रेशनको औषधी खादै ‘माग्ने बुढा’

डीप्रेशनको औषधी खादै ‘माग्ने बुढा’

विभिन्न चलचित्र एवं टेलिचलचित्रमा अभिनय गरेर दर्शकलाई हँसाउदै आएका हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढा) आफैं डीप्रेशनको शिकार भए भन्ने सुन्दा दर्शकलाई विश्वास नलाग्न सक्छ ।
तर, यथार्थ यही हो । पेटको रोगको उपचारपछि घरमै उपचार गरिरहेका माग्नेले अहिले डीप्रेशनको समेत औषधी खान सुरु गरेका छन् । नयाँ हाँस्य श्रृङ्खला ‘खास खुस’ प्रशारण सुरु भएपछि उनी बिरामी परेका थिए । पछिल्लो समय युट्युब च्यानलबाट ‘खास खुस’ प्रशारण भएपनि माग्ने बुढा उपस्थित छैनन् । धेरै दर्शकले सोध्ने गरेका छन् खै त माग्ने । उनले यही प्रश्नको जवाफ दिने उद्देश्यले एउटा भिडियो समेत पोष्ट गरेका छन् ।
पेटमा अल्सर भएपछि उनी उपचारपछि घरमै थिए । पछि डीप्रेशन भएको माग्ने स्वयंले बताएका छन् । अहिले उनले तिन प्रकारको औषधी खाइरहेका छन् ।
एल्लोप्याथिक र आयुर्वेदको औषधि खाइरहेका माग्ने हरेक दिन नौ वटा जति औषधी खान्छन् । पेटको समस्या समाधान हुँदै गएको जानकारी दिँदै उनका परिवारका सदस्यले माग्नेको स्वास्थ्य राम्रो हुँदै गएको बताएका छन् । उनी बिहिबार ‘सुर्के थैली’ बोलको गीतले युटुबमा १ करोड भ्यू पाएको अवसरमा आयोजित एक कार्यक्रममा पनि उपस्थित भएका थिए ।

No comments