Header Ads

ad

बलिउड अभिनेत्री तथा मोडल हेजेल किन आउँदैछिन् नेपाल

बलिउड अभिनेत्री तथा मोडल हेजेल किच काठमाडौं आउन भएकी छिन् । असोज ९ गते राजधानी आयोजना हुने ‘मोडल क्वेस्ट इन्टरनेसनल नेपाल–२०१५’ का लागि उनी काठमाडौँ आउन लागेकी बताइएको छ । कार्यक्रममा उनी विशेष अतिथि तथा ’सोज टपर’का रूपमा सहभागी हुँदैछिन्। नयाँ पुस्तालाई मोडलिङप्रति आकर्षित गराउने उद्देश्यले उनलाई मोडल क्वेस्टको विशेष अतिथिको ल्याउन लागिएको आयोजक युहान इन्टरनेसनल इभेन्ट प्रालिका प्रबन्ध निर्देशक सानु खानले बताए। ब्रिटिस मोडल हेजलले हलिउडको चर्चित चलचित्र ‘ह्यारी पोटर’ देखि बलिउडको ‘बडिगार्ड’मा अभिनय गरेकी छन्। हिन्दी चलचित्र ‘म्याक्सिमम’को आइटम गीतबाट चर्चामा आएकी उनले तेलगु चलचित्र ‘कृष्णम बन्दे जगतगुरुम’ र एक पञ्जावी चलचित्रमा पनि उनको अभिनय देख्न पाइन्छ । उनी भारतीय टेलिभिजन कार्यक्रमहरू झलक दिखला जा–६, बिगबोस–७, कमेडी सर्कसलगायतमा पनि सहभागी भएकी छन्। उनी सहभागी हुने ‘मोडल क्वेस्ट इन्टरनेसनल नेपाल–२०१५’ प्रतियोगितामा युवा र युवती गरेर ५० जना प्रतियोगी छन्। नेपालपाटी मा खबर छ।

No comments